बैतडी: बिजुली नपुगेका जिल्लाका पाँच स्थानीय तहका १९ वडाका सात हजार धरधुरीमा बिजुली बलेसँगै जिल्लामा विद्युत् उपभोग गर्न पाउने घरपरिवारको सङ्ख्या २७ हजार ९१ पुगेको छ ।
विद्युत् वितरण केन्द्र बैतडीले अधिल्लो आर्थिक वर्षको कार्यक्रममा पञ्चेश्वर गाउँपालिका, शिवनाथ, डिलासैनी, दोगडाकेदार सूर्नया र सिगास गाउँपालिकाका केही वडामा बत्ती बाल्ने काम सम्पन्न भएको वितरण केन्द्रका इन्जिनियर जनार्दन पौडेलले बताए ।


