धनगढी । धनगढीमा एमाले नेता महेश बस्नेत पुग्दा तनाव भएको छ । बस्नेतको विरोधमा प्रदर्शन गरिरहेका जेनजी युवामाथि आक्रमण भएपछि तनाव भएको हो । बस्नेतको विरोधमा धनगढीको जेन–जी मार्गनजिक हसनपुरमा युवाहरूको समूहले प्लेकार्डसहित प्रदर्शन गरिरहेका वेला बस्नेतलाई धनगढी विमानस्थलमा स्वागत गरेर कार्यक्रमस्थलमा लग्ने क्रममा जेनजी मार्गनजिक मोटरसाइकल याली रोकेर एमाले निकट युवा संघका कार्यकर्ताहरुले जेनजी प्रदर्शनकारीमाथि आक्रमण गरेका हुन् । प्रहरीको सुरक्षा घेरामा रहेका केहि जेनजीहरु लाई समान्य चोटपटक लागेको जेनजीहरुले बताएका छन् ।

सो क्रममा धनगढी ४ की जेनजी अगुवा सरिता जोशीसंगै केहि युवाहरु घाईते भएका छन्। उनको हातमा चोट लागेर अस्पतालमा उपचार भइरहेको छ। । जेनजीहरुले गुण्डुको गुण्डा गो ब्याक, जेनजीको रगत माथी खेलवाड गर्न पाईदैन जस्ता नारा लेखेर प्ले कार्ड सहित सडकमा बिरोध प्रदर्शन गरिरहेका छन ।
महेश बस्नेतको सुरक्षा र जेनजीको बिरोध पर्दर्शनलाई ध्यानमा राखि सडकमा नेपाल प्रहरी र शसस्त्र प्रहरी ठुलो संख्यामा परिचालन गरिएको छ । कैलाली उद्योग वाणिज्य संघको सभाहलमा कार्यक्रम हुने भएकाले जेनजी युवाहरुले सोहि मार्गको जेनजी चोकमा प्रदर्शन गरिरहेका छन ।



