धनगढी जिल्लाको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकामा ५औँ कञ्चनपुर सम्मेलन भएको छ । बेलौरी नगरपालिकाको आयोजनामा सुरक्षित र दीगो विकासका लागि उत्थानशिल पालिका मञ्चसहितका जिल्लाका पालिका एवं गैसस संघ संस्थाहरुको सहकार्यमा शुक्रबार जिल्ला सम्मेलन भएको हो । यसअघि पहिलो भीमदत्त,दोस्रो पुनर्वास,तेस्रो दोधाराचाँदनी, चौथो लालझाडी गाँउपालिका भएको थियो । यस पटक जिल्लाको दक्षिणी क्षेत्र बेलौरीमा सम्मेलन गर्न सफल भएको बेलौरी नगरका मेयर पोतिलाल चौधरीले बताए ।
मेयर चौधरीले जिल्लाका सबै पालिका, विपद् व्यवस्थापनका क्षेत्रमा कार्यरत सरकारी एवं गैरसरकारी संघ संस्थाहरुको उपस्थितिमा सम्मेलन गरिएको बताए । यसअघिका चारै सम्मेलनबाट अबलम्बन गरिएका विषयदेखि भावि दिनमा थप जिल्लालाई विपद्मुक्त गराउने विषयमा स्थानीयदेखि विज्ञ सहित सरोकारवालाहरुबिच छलफल भएको बताए ।
नगरपालिकाले कार्यक्रम पुर्वनै विपद् व्यवस्थापनका क्षेत्रमा काम गर्दै आएको र भावी दिनमा पनि गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । बेलौरी नगरपालिकाले विपद् व्यवस्थापन, पुर्व तयारीदेखिका आवश्यक सबै कामकाज गरेर नगरमा थुप्रै काम गरेको बताए। कार्यक्रममा सरोकारवालाहरुले जिल्लाको दीगो विकासका लागि विपद् व्यवस्थापन गर्नुपर्ने त्यसका लागि पुर्व सुचना प्रणालीलाई प्रभावकारी बनाउनुपर्नेमा जोडदिएका छन् । कार्यक्रमबारे प्रकाश पार्दै एनएनएसडब्लूएका कार्यकारी निर्देशक अशोक कुमार जैरुले स्थानीय सरकारसँग सहकार्य, समन्वय गरेर विपद् व्यवस्थापनदेखि विपद्बाट मानवियदेखि भौतिक धनजन सरक्षण गर्न सफल भएको बताए। उनले विपद् व्यवस्थापनका लागि स्थानीय सरकारको महत्वपूर्ण भूमिका हुने बताए ।
बेलौरी नगरपालिका विपद् व्यवस्थापन शाखा प्रमुख अशोक पाण्डेयले जिल्लाका नौ वटै पालिकाले विपद् व्यवस्थापन नीति, नियम, यसका चुनौती, समाधानका लागि एकसाथ सहकार्य प्रभावकारी कामकाजमा जोड दिएका छन् । उनले कञ्चनपुरका स्थानीय सरकारले विपद् व्यवस्थापन, पुर्व तयारीका लागि गरेका कार्यक्रम प्रभावकारी बनाउन थप पहल प्रयास आवश्यक रहेको औल्याउँदै बेलौरीले सो कार्यमा निरन्तर खटिएको बताए ।
आगामी ६औँ जिल्ला सम्मेलनको आयोजकत्व घोषणा गर्दै बेदकोट नगरका मेयर भोजराज बोहराले सामुहिक प्रयासबाट विपद् जोखिम न्यूनिकरणदेखिका मानविय, भौतिक धनजन सरक्षण गर्न सकिने बताए । जल तथा मौषम विज्ञान विभाग अत्तरियका प्रमुख सञ्जय शाहले पुर्व सुचना प्रणाली प्रभावकारी बनाउनका लागि कार्यालयले थप प्रयास अघि बढाएको बताए । महाकाली नदीको उद्गम स्थल लिम्पियाधुरादेखि थप नदीहरुमा विपद् पुर्व तयारी सुचना प्रणाली जडान गर्दै विपद्बाट थप क्षति न्यूनिकरण गर्न टेवा पुग्ने बताए ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले विपद् व्यवस्थापनमा जिल्लाका पालिका सरकार सक्षम भएकाले सकृय हुनुपर्नेमा जोडदिएका छन्। प्रजिअ ढकालले विपद् न्यूनिकरण गर्दै जिल्लामा विकास निर्माणदेखिका कार्यक्रम प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। जिल्ला समन्वय समिति कञ्चनपुरका अध्यक्ष दुर्गादत्त बोहराले विपद् आउनुपुर्व नै सुचना प्रणाली प्रभावकारी बनाएर जिल्लामा विकास निर्माण सुरक्षा आवश्यक रहेको बताए। जिसस प्रमुख बोहराले विपद् आएपपि राहत उद्दारका कार्यक्रम संचालन गर्नु अघि नै पुर्व सुचना प्रणालीलाई प्रभावकारी बनाएर सुरक्षाका कार्यक्रममा जोडदिएका छन्।
गृहमन्त्रालयका उपसचिव रविन्द्र आचार्यले पुर्व सुचना प्रणालीलाई समुदाय स्तरसम्मै प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने बताए । उनले समुदायमै पुर्व सुचना प्रणाली अभ्यासमै आउँदा सम्भावित जोखिम न्यूनिकरण हुने बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सुदूरपश्चिम प्रदेश सदस्य दिवान सिह विष्टले विपद् व्यवस्थापनका लागि तीनै तहका सरकारले समन्वय गरेर अघि बढ्नपर्ने बताए ।
उनले जिल्लामान वाढी, कटानी मात्रै नभई पछिल्ला दिनहरुमा वन्यजन्तुले समेत आतंक बढिरहेको बेला त्यसतर्फपनि न्यूनिकरणका लागि योजना कार्यक्रममा जोड दिएका छन् ।

