धनगढी । कैलालीमा केही दिन यता प्रहरीले धमाधम फरार प्रतिवादी पक्राउ गर्न थालेको छ । अदालतले दोषी ठहर गरेर पनि फरार रहेकाहरूलाई प्रहरीले पक्राउ गर्न थालेको हो ।
प्रहरीले जिल्ला अदालतको फैसला कार्यान्वयन गराउने क्रममा बुधवार एकै दिन कैलालीबाट २१ जनालाई पक्राउ गरेको छ ।
उनीहरू सबैको गरेर ३ वर्ष ९ महिना ८ दिन कैद र २१ लाख ३१ हजार ७८८ रुपैयाँ तोकिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले उनीहरूलाई जिल्लाका छुट्टा छुटै स्थानमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरी जिल्ला अदालत कैलालीमा बुझाइएको जनाएको छ ।
प्रहरीले मंगलबार पनि एकै दिन ४२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको थियो ।

