धनगढी: कैलालीको गेटाबाट लागू औषध सहित एक जना पक्राउ परेका छन् । मंगलबार गोदावरी नगरपालिका – ५ गेटा स्थित बिस्कुट फ्याक्ट्री अगाडीबाट स्थानीय २७ वर्षीय अनिल चौधरी पक्राउ परेका हुन ।
प्रहरीले शङ्का लागि चेकजाँच गर्दा उनको साथबाट १ ग्राम १२० मिलिग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ । उनलाई इलाका प्रहरी कार्यालय मालाखेती र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट खटिएको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।

