धनगढी: बैतडी जिल्ला पुर्चौडी नगरपालिका ८ मल्लादेही घर भएका ललित लुहार र सिमा लुहारका १२ वर्षीय छोरा सन्देश लुहारको उपचार गर्न आर्थिक अभावले ठूलो समस्या निम्त्याएको छ। तीन महिनादेखि बिरामी भएका छोरा सन्देश लुहारको उपचार गर्न भारतको एमस हस्पिटलमा १० लाख भन्दा बढी खर्च गरिसकेको सन्देशका बुवा ललित बताउँछन्।
१२ वर्षको छोरा कक्षा ४ मा स्कुल पढिरहेको र पहिला स्वास्थ्य अवस्था पनि राम्रै रहेको अचानक तीन महिना अगाडि बिरामी हुँदा आफूहरूले सक्ने उपचार गरिसकेको र भारतमा उपचार गर्दा केही राम्रो भएपछि घर ल्याएको सन्देशकी आमा सिमा लुहार बताउछिन्। घर ल्याएको केही दिनपछि फेरि स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि छोराको उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याएको भए तापनि यहाँ उपचार सम्भव नभएपछि बाल कान्ति हस्पिटल महाराजगञ्ज काठमाडौँ रिफर गरेको बुवा ललितले बताए।
आफ्नो आर्थिक अवस्थाले सक्ने उपचार गरिसकेको र अब उपचार गर्न भने आर्थिक समस्या नै मुख्य कारण भएर छोरो गुमाउनुपर्ने हो कि भन्ने पीडा एकातर्फ बढ्दै गएको उनी बताउँछन्। सबै सहयोगी मनहरूलाई आफ्नै सन्तान सरह सम्झेर सहयोग गर्नका लागि सन्देशका आमाबुबाले अपिल गरेका छन्।
सहयोगका लागि ललित लुहार (9702383364) मा सम्पर्क गर्न र सन्देशका बाजे गजेन्द्र लोहारको ग्लोबल बैंकको खाता नम्बर 12407010002444 मा सहयोग गर्न सकिने छ ।



