धनगढी । जेन्जी विद्रोहसंगै धनगढी उपमहानगरपालिका–१, नैनादेवी रोडमा बन्द रहेको नेपाली काँग्रेस कैलाली जिल्ला पार्टी कार्यालय बुधबार देखी नियमित सन्चालनमा आएको छ । नेपाली काँग्रेस केन्द्रीय सदस्य नृप बहादुर वड, कैलाली जिल्ला पार्टी सभापति नारायण दत्त भट्ट र अनुभवी नेता तथा राष्ट्रिय सभा सदस्य नारायण मिश्रद्वारा सयुक्त रुपमा चियापान शुरुवात गरी
कार्यक्रमको शुरुवात गरेका थिए । २ महिनामासम्म बन्द रहेको कार्यलय शुचारुसंगै नेपाली काँग्रेसका गतिविध वढदै जाने सभापति भट्टले बताए । उनले नेपाली काँग्रेसको कार्यलय सञ्चालनसंगै नेता तथा कार्यकर्तालाई पार्टी कार्यालयमा आएर खुल्ला छलफल गर्नु पर्ने तर चिया चौतारमा संगठनका खिलाफमा कुरा नर्गन आग्रह गरेका छन् ।

चियापान कार्यक्रममा नेपाली काँग्रेसका विभिन्न तहका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो । जेन्जी विद्रहोका वेला नेपाली काँग्रेस कैलाली जिल्ला पार्टी कार्यालयका लाखौंका सामानहरु चोरीका साथै जलेर नष्ट भएका थिए । कार्यालय सञ्चालनका अनुमानित १२÷१३ लाख खर्च भएको जनाएको छ । सामान्यतह कार्यालयमा सञ्चालनमा आएपनि अझै कार्यालय सञ्चालनका लागि थुप्रै सामानहरु आवश्यक पर्ने भएकोले काँग्रेसका शुभचिन्तकहरुले सक्दो सहयोग गर्न सभापति भट्टले आग्रह गर्नु भएको छ । कार्यालयको दिवालमा रंग लगाउने जिम्मा कैलाली क्षेत्र नं ५ क्षेत्रिय कार्यसमितिले गरेको थियो ।


