धनगढी । नेकपा एमालेको जनपरिचालन कार्यक्रमअन्तर्गत आज देशभरका स्थानीय तहमा जनप्रदर्शन गरिएको छ । प्रतिगामी षडयन्त्रविरुद्ध एमालेले देशैभर जनपरिचालन गर्ने निर्णय गरेअनुसार वडा, पालिका, जिल्ला र राष्ट्रिय रुपमा जनप्रदर्शनका कार्यक्रम गरेको हो ।
सोहीअन्तर्गत सुदूरपश्चिमको राजधानी धनगढीमा पनि जनप्रदर्शन गरिएको छ । जनप्रदर्शनअन्तर्गत धनगढी उपमहानगरपालिका कार्यसमितिको आयोजनामा धनगढीस्थित पार्टी कार्यालयबाट ¥याली सुरु गरिएको थियो । ¥यालीमा नेकपा एमाले पोलिटव्युरो सदस्य तथा कैलाली जिल्ला इन्चार्ज नारदमुनी राना, पोलिटब्युरो सदस्य लिला भण्डारी, प्रदेश कमिटी सचिव रणबहादुर चन्द, कैलाली जिल्ला कमिटीका पदाधिकारी, पूर्वजिल्ला कार्यबाहक अध्यक्ष दुर्गा जोशी लगायत नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो ।
¥याली क्याम्पस चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । सो क्रममा एमालेले संसद पुर्नस्थापनाको माग गरेको छ ।पार्टी धनगढी उपमहानगर अध्यक्ष अम्बिका बिष्टले कोणसभाको कार्यक्रम संचालन गरेकी थिइन ।

