कञ्चनपुरः कञ्चनपुरमा खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन्।
बिशेष सूचनाको आधारमा जिल्लाको बेलौरी नगरपालिका–६ खैरानाबाट बेदकोट नगरपालिका–६ सिसैया बस्ने २७ वर्षीय बिबेक चौधरी खैरो हेरोइनसहित पक्राउ परेका हुन्। चौधरीलाई चेकजाँच गर्दा उनको साथबाट ८६० मिलिग्राम लागूऔषध खैरो हेरोइन फेला पारी उक्त पदार्थसहित उनलाई इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शुक्रवार नियन्त्रणमा लिएको छ।


