कञ्चनपुरः कञ्चनपुरमा मिक्चर मेसिनसँग मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ। वेदकोट नगरपालिका–८ भित्रि सडक खण्डमा शुक्रबार दिउँसो करिब १२ बजेतिर भारत विहारका २३ वर्षीय चालक औधेष कुमार महत्तोले चलाएको अनटेस्ट मसला बनाउने आर्गो मिक्चर मेसिनसँग म २ प ८४०२ नम्बरको मोटरसाइकल ठोक्किएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक ३१ वर्षीय शिव रानाको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। उनको राति करीब १ बजेतिर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। सोही मोटरसाइकलमा पछाडि सवार ३० वर्षीय भीम राना घाइते छन्। उनको महाकाली अस्पतालमै उपचार भइरहेको छ। मिक्चर मेसिन र चालक महत्तोलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको छ।


