कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका र दोधारा–चाँदनी नगरपालिकालाई जोड्ने महाकाली नदीमाथि बनेको पुल नेपालकै लामो झोलुङ्गे पुल हो । यो पुलले दुई नगरपालिकाका स्थानीयलाई आवतजावतमा सहज त भएको छ नै, पर्यटकलाई पनि आकर्षित गरिरहेको छ । यो पुल हेर्नकै लागि यहाँ बर्सेनि हजारौँ स्थानीय र बाह्य पर्यटक आउने गरेका छन् । दोधारा चाँदनी झोलुङ्गे पुल कञ्चनपुर सदरमुकाम महेन्द्रनगरबाट करिब ९ किलोमिटरको दूरीमा पर्छ । यस पुलको लम्बाइ १४५२.९६ मिटर, चौडाइ १.६ मिटर र लामो स्पान २२५.४० मिटर रहेको छ ।
२०६० को दशकसम्म महाकाली नदीमा पुल नहुँदा महाकाली नगरपालिकावासी (दोधारा–चाँदनी) ले सास्ती भोग्नुपरेको थियो ।
-1762232726.jpg)
– तस्वीर: प्रकाशचन्द्र तिमिल्सेना/ नेपाल फोटो लाइब्रेरी


