धनगढी । धनगढी जेसिजको आयोजनामा वक्तृत्व प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम धनगढी जेसिज सचिवालय भवनको सभाहलमा सम्पन्न भएको हो।
कार्यक्रमका सभापति जेसिआई सिनेटर लोक राज भट्ट रहनुभएको थियो भने मुख्य अतिथि कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर राज ओझा हुनुहुन्थ्यो। त्यसैगरी कार्यक्रमका विशेष अतिथि धनगढी जेसिजका पूर्व अध्यक्ष तथा जेसिज एभरेष्ट मा.वि.का कार्यकारी निर्देशक जेसिआई सिनेटर करुणाकर पाण्डे रहनुभएको थियो।
पूर्व अध्यक्षहरू जेसि भवानी प्रसाद जोशी, जेसि तोयनाथ भट्ट र जेसि कैलाश दहाल अतिथि तथा निर्णायकको भूमिकामा रहनुभएको थियो। कार्यक्रमका मुख्य संयोजक जेसि सन्तोष पन्त संयोजक जु. जेसि कृष्ण पुजारा र कार्यक्रम सञ्चालक महासचिव जेसि आशिष शाह रहनुभएको थियो।
वक्तृत्व प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने प्रतियोगीहरूलाई पुरस्कार प्रदान गरिएको छ। प्रथम पुरस्कार रु. ५,००० द्वितीय रु. ३,०००, र तृतीय रु. २,००० रहेको छ। पुरस्कारको प्रायोजन पूर्व अध्यक्ष जेसि कैलाश दहालले गर्नुभएको हो।
कार्यक्रममा विभिन्न कलेजका विद्यार्थी, शिक्षक, धनगढी जेसिजका सदस्य तथा बोर्ड पदाधिकारी, साथै जुनियर जेसिजका बोर्ड पदाधिकारी र सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो।



