धनगढी: धनगढीमा मध्यराति कार दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। धनगढी उपमहानगरपालिका-१३ मा पर्ने धनगढी-अत्तरिया छ लेन सडकस्थित एयरपोर्ट मोड नजिकै से १ च १७२५ नम्बरको कार दुर्घटना हुँदा तीन जना घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार घाइते हुनेमा २८ वर्षीया सनिया चौधरी, ३५ वर्षका रामसाय राना र ३७ वर्षीय उपदेश ठाकुर रहेका छन्।
उनीहरुको माया मेट्रो अस्पतालमा उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। प्रहरीले दिएको जानकारी अनुसार तीव्र गतिमा रहेको कार अनियन्त्रित भएर सडकको रेलिङमा ठोक्किएको हो। दुर्घटना राति १ बजे भएको बताइएको छ।

