धनगढी । प्यालेष्टाइनी लडाकु समूह हमासद्वारा मारिएका कञ्चनपुरका विपिन जोशीको पार्थिव शरीरमा प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीहरू, परराष्ट्र मन्त्रालयका अधिकारी र उनका आफन्तजनले श्रद्धाञ्जली अर्पण गरेका छन् ।
अध्ययनका लागि इजरायल गएको बेलामा दुई वर्षअघि हमास आक्रमणपछि अपहरणमा परेका उनको पार्थिव शरीर गतसाता हस्तान्तरण गरिएको थियो । इजरायल हुँदै काठमाडौं ल्याइएका उनको पार्थिव शरीरमा आज राजकीय सम्मानका साथ श्रद्धाञ्जली अर्पण गरिएको छ ।
पार्थिव शरीरलाई आजै कञ्चनपुरको भीमदत्तनगरस्थित घर पुर्याएर अन्तिम दाहसंस्कार गरिने परिवारले जनाएको छ ।
परिवारलाई जिम्मा लगाइयो शव
इजरायलमा मारिएका विपिन जोशीको पार्थिव शरीर उनको परिवारलाई बुझाइएको छ । सोमबार साँझ धनगढी विमानस्थल पुर्याइएको विपिनको शव नेपाली सेनाको टोलीले सम्मानसहित परिवारलाई बुझाएको हो । जोशीका दाजु किशोर जोशीसहितका आफन्तले शव बुझेका हुन्। उनको महाकाली घाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

आजै दिउँसो उनको शव नेपाल ल्याइएको थियो । उनको शव आजै कञ्चनपुरको भिमदत्तनगरपालिकास्थित घरमा लगिने छ । कञ्चनपुरमै उनको अन्तिम दाह संस्कार गरिने बताइएको छ । अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत २०२३ अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । त्यसपछि उनको अवस्था अज्ञात रहेकोमा गत असोज २७ गते इजरायली अधिकारीहरूले उनको मृत्यु पुष्टि गरेका थिए ।
इजरायल र हमासबीच युद्धविराम सम्झौतापछि बन्दी साटासाट गर्ने क्रममा हमासले विपिनको भनेर इजरायली सेनालाई शव हस्तान्तरण गरेको थियो ।
उनको डीएनए परीक्षणबाट शव विपिनकै भएको पुष्टि भएको थियो भने फरेन्सिक जाँचमा अपहरण भएताका नै मृत्यु भएको पाइएको इजरायलस्थित नेपाली दूतावासका अधिकारीहरूले बताएका छन् ।
विपिनको शव नेपाल ल्याउनुअघि आइतबार इजरायलको राजधानी तेल अवीवस्थित खटिभा ८ को स्मारक, बेनगुरिएन विमास्थलमा श्रद्धाञ्जली दिइएको थियो । उनको शव रहेको कफिनमा नेपाली झण्डा ओढाइएको छ,

