बैतडी: बैतडीका एक जनाको रेलको ठक्करबाट भारतमा मृत्युु भएको छ। जिल्लाको सुर्नया गाउँपालिका वडा नं २ लिस्किटा दल्लाड घर भएका ४२ वर्षिय बिसा चन्दको भारतको केरलामा रेलको ठक्करबाट मृत्यु भएको बताइएको छ । रोजगारीको सिलसिलामा स-परिवार भारत बस्दै आएका बिसा चन्दको बुधबार रेलको ठक्करबाट मृत्युु भएको मृतक बिसा चन्दका भाइ गणेश बहादुर चन्दले बताए ।
पारिवारिक स्रोतका अनुसार भारतको केरलबाट बेंगलोर फर्किने क्रममा बिसाको रेलको ठक्करबाट मृत्यु भएको बताइएको छ । भारतको केरलामा काम गर्ने मृतक चन्दका छोरा र श्रीमती भने बेंगलोरमा रहेका बुझिएको छ । परिवार पाल्न भारत पसेका चन्दको उतै मृत्युु भएपछि चन्द परिवार अहिले शोकमा डुबेको छ । बुधबार मृत्यु भएका उनको दाहसंस्कार बेंगलोरमै हुने पनि पारिवारिक स्रोतले जनाएको छ ।


