कञ्चनपुरः कञ्चनपुरबाट ३ लाख ८० हजारको भन्सार छलीका मिठाई र भुजा बरामद गरिएको छ।
जिल्लाको भीमदत्त नगरपालिका–८ तिलाचौरबाट भीमदत्त नगरपालिका–६ ऐठपुर बस्ने २६ वर्षीय हरिष भट्टले चलाएको म १ च ३८० नम्बरको बोलेरो जिपमा अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका सामान९जिप सहित० अन्दाजी मूल्य ३ लाख ८० हजारको मिठाई, भुजा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको छ।


