कञ्चनपुर । कञ्चनपुरमा सर्पले टोकेर एक महिला घाइते भएकी छिन्। मंगलबार दिउँसो कृष्णपुर नगरपालिका वडा नम्बर ५ गुलरिया बस्ने ४० वर्षिया पार्वती जोशी सर्पको टोकाइबाट घाइते भएकी हुन्।
घर नजिकै रहेको आफ्नै खेतबारीमा काम गर्ने क्रममा बायाँ खुट्टाको औँलामा उनलाई सर्पले टोकेको थियो । उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

