कञ्चनपुरः कञ्चनपुरबाट भन्सार छलीको स्टेशनरीका सामान बरामद गरिएको छ।
जिल्लाको भीमदत्त नगरपालिका-४ कालोपुलबाट अवैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य २१ हजार ६९० बराबरको स्टेशनरी लगायतका सामान अस्थायी प्रहरी बिट मझगाउँ कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको जनाएको छ।


