धनगढीः कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १२ स्थित ओलानी अस्थायी प्रहरी पोष्टलाई कम्प्युटर र प्रिन्टर सहयोग गरिएको छ।
क्रोसियामा रोजगारीमा रहेका युवाहरुले सहयोगी हातहरु नामक समुह गठन गरि प्रहरी चौकीलाई सहयोग गरेका हुन्। आइतवार एक कार्यक्रमबीच प्रहरी चौकीलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरिएको थियो।

