धनगढी । दार्चुलामा भएको जिप दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् । महाकाली नगरपालिका-६ को भित्री सडकखण्डमा आइतबार साँझ बागमती प्रदेश ०३००१ ज०२०६ नम्बरको जिप दुर्घटना हुँदा सोही ठाउँ बस्ने २८ वर्षीय नरेश बहादुर पालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर जोराले घाइते अवस्थाका पालको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्युु भएको बताए । उनकाअनुसार दुर्घटनामा चालकसहित १० जना घाइते भएका छन् । उनीहरू मध्ये ६ जनालाई उपचारका लागि धनगढी रेफर गरिएको छ भने अन्य समान्य उपचारपषछि डिस्चार्ज भएका छन् ।


