धनगढी । अस्ति शुक्रवारदेखिको अविरल वर्षाका कारण देशभर ४४ जनाको ज्यान गएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अद्यावधिक विवरण अनुसार ज्यान गुमाउनेमध्ये इलाममा मात्र ३७ जना रहेका छन् ।
प्राधिकरणका अनुसार पाँचथरमा पहिरोमा परी १ र खोलाले बगाएर १ गरी २ जनाको ज्यान गएको छ।यस्तै उदयपुरमा खोलाले बगाएर १ जनाको ज्यान गएको छ । रौतहटमा चट्याङ लागेर ३ जनाको ज्यान गएको छ ।
यस्तै रसुवामा ४ र इलाममा १ गरी ५ जना हराइरहेका छन्।घाइतेको सङ्ख्या १६ पुगेको छ।घाइतेमध्ये इलाममा ८, भोजपुरमा ३, खोटाङमा ३, पाँचथरमा १ र मकवानपुरमा १ जना रहेका छन्।
अत्यधिक वर्षाका कारण इलामको माङसेबुङमा अलपत्र परेका २ जनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ।वर्षा कै बीच पाँचथरमा जीप दुर्घटना हुँदा ६ जनाले पनि ज्यान गुमाएका छन्।

