धनगढी: धनगढीबाट पोखरातर्फ जाँदै गरेको यात्रुबाहक बस धनगढीको बोराडाँडीमा दुर्घटना भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ३ स्थित बोराडाँडीमा ग २ ख १९०७ नम्बरको बस शनिबार बिहान दुर्घटना भएको हो।
सो दुर्घटनामा घाइते भएका एक पैदलयात्रीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी राजकुमार सिंहले ६० वर्षीय गणेश शाहीको मृत्यु भएको बताए।
यस्तै दुर्घटनामा २ दर्जन बढी घाइतेहरु उपचाररत छन्। प्रहरीका अनुसार बसमा १९ जना सवार रहेका थिए। घाइतेहरुको विस्तृत विवरण खुल्न बाँकी रहेको र थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।


