धनगढी: कञ्चनपुरको धान खेतमा हँसियाले घाँटी रेटिएका एक जना फेला परेका छन्। जिल्लाको बेलौरी नगरपालिका–६ रिछाहाका मन्तोरा रानाको खेतमा राधेश्याम राना हँसियाले घाँटी रेटिएकोअवस्थामा फेला परेका हुन्।
जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले साइकलमा राखिएको हँसियाले रानाले आफै घाँटी काटेको बताएको छ। इलाका प्रहरी कार्यालय, बेलौरीबाट सात जनाको प्रहरी टोली घटनास्थलसम्म पुगेको थियो। उनलाई उपचारका लागि ईशान मेमोरियल अस्पतालमा लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि धनगढी रेफर गरिएको छ।
विजिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले घटनाका विषयमा अनुसन्धान जारी रहेको बताएको छ। उनले हँसियाले घाँटी काट्नुको कारण खुलेको छैन।

