धनगढी: कैलालीबाट लागू औषध सहित एक युवक पक्राउ परेका छन । शनिबार टीकापुर नगरपालिका – १ ब्लक नम्बर १४ बाट २० वर्षीय रोहन साउद पक्राउ परेका हुन ।
उनको साथबाट ४८० मिलिग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । उनलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।

