धनगढी — जेनजी आन्दोलनमा तोडफोड र आगजनी भएपछि सुदूरपश्चिम प्रदेशको प्रादेशिक संरचनाको कामकाज डेढ हप्तादेखि ठप्प छ। प्रदेश सभा भवन, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, विभिन्न मन्त्रालय र मातहतका कार्यालयमा ठूलो क्षति पुगेको छ। सभामुख भीमबहादुर भण्डारीले पुनर्निर्माण नभएसम्म प्रदेश सभा बैठक बस्न नसक्ने बताए।
मुख्यमन्त्री कमलबहादुर शाहले भने आवश्यक सरसफाइ र मर्मतपछि चाँडै सेवा सुचारु गर्न निर्देशन दिएका छन्। सामाजिक विकास मन्त्रालयले सरसफाइ र मर्मतपछि छिट्टै कामकाज सुरु गर्ने तयारी गरेको छ भने अस्पताल र स्वास्थ्य संस्था भने निरन्तर सेवा दिइरहेका छन्।

