धनगढी: डडेल्धुरा कारागारबाट भागेका २६ कैदीबन्दी पक्राउ परेका छन्। जिल्ला कारागारबाट भागेका ८५ जना कैदीबन्दीमध्ये अहिलेसम्म नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको सहयोगमा २६ जना कैदीबन्दीलाई पक्राउ गरिएको हो।
बाकी ५९ जनाको खोजी कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ। यस्तै कैलाली कारागारबाट पनि भागेका एक कैदीबन्दी पक्राउ परेका छन्। जेनजी आन्दोलनकर्ताले ६१२ जना कैदीबन्दीलाई कारागारबाट निकालेका थिए।

