धनगढी: बैतडीमा बञ्चरो प्रहार गरी एक महिलाको हत्या गरिएको छ। आइतबार राति जिल्लाको सिगास गाउँपालिका–२ की ३५ वर्षीया बेलमती धामीको हत्या भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेका अनुसार धामीकै ३० वर्षीय भतिजा यज्ञसिंह धामीले बञ्चरो प्रहार गरेका हुन्।
‘घरमा सुतिरहेको अवस्थामा घाँटी र मुखमा बन्चरो प्रहार गरिएपछि धामीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त भएको थियो,’ प्रहरी निरीक्षक पाण्डेले भने, ‘आरोपित धामीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।’

