डडेल्धुरा । डडेल्धुरामा जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । नवदुर्गा गाउँपालिका–५ को चौडको कच्ची सडक खण्डमा बिहीबार बिहान से १ ज ७३८ नम्बरको जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक डम्बर बिष्टले डडेल्धुुरा सदरमुकामतर्फ आइरहेको जीप दुर्घटनामा परेको बताए ।
अहिलेसम्म चार जनाको शव फेला परेको बताउँदै प्रहरी निरीक्षक बिष्टले जीप सडकबाट करीब पाँच सय मिटर तल जंगलमा खसेकाले स्थिती यकिन नभएको बताए । दुर्घटनामा कम्तीमा पनि ७ जना घाइते अवस्थामा रहेको भनिएपनि अझै यकिन हुुन नसकेको उनले बताए । दुर्घटनामा परेर घाइते भएकाहरुको उद्दार कार्य चलिरहेको छ ।

