धनगढी– नेकपा (माओवादी केन्द्र) निकट योङ कम्युनिस्ट लिग (वाइसीएल) धनगढी उपमहानगर समिति द्वारा धनगढी–१ स्थित पशुपति मन्दिर परिसरमा सरसफाइ तथा रङरोगन कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रमअन्तर्गत मन्दिर परिसर सफा गर्नुका साथै त्यहाँ रहेको चौतारामा रङरोगन गरिएको थियो। साथै मन्दिरको मर्मत–सम्भार कार्यसमेत गरिएको आयोजक वाइसीएल धनगढी उपमहानगर समितिले जनाएको छ।
उक्त कार्यक्रममा पार्टीका वैकल्पिक केन्द्रीय सदस्य तथा पूर्वमन्त्री, प्रदेशसभा सदस्य रमेश शिङ धामी समेत सरिक थिए। धामीले आफैं पनि सरसफाइ तथा रङरोगन कार्यमा सहभागी भई सहयोग गरेका थिए। कार्यक्रममा बोल्दै उनले वाइसीएलको सामाजिक कार्यप्रति प्रशंसा गर्दै यस्ता गतिविधिले समाजमा सकारात्मक सन्देश दिने बताए। “यस्ता सामाजिक कार्यलाई निरन्तरता दिनु आवश्यक छ,” उनले जोड दिए।

कार्यक्रममा पार्टी केन्द्रीय सदस्य ओम पुन, प्रदेश समिति सदस्य निर्मल शाह, धर्म कुवर, धनगढी उपमहानगर समिति उपाध्यक्ष रमेश भट्टराई, वाइसीएल नेता सुरज खाति, बसन्त कार्कीलगायत नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो।


