कैलालीः कैलालीमा जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्रउ परेका छन्। जिल्लाको गौरीगंगा नगरपालिका–३ कुचैनी शिविर बस्ने ४६ वर्षीय लोकेश सुर्जा मगरलाई १८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
मगरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्याल कैलानलीले जनाएको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


