धनगढी । धनगढी ३ चटकपुरमा रहेको माया मेट्रो हस्पिटलले निःशुल्क कानको जालीको अप्रेशन गर्ने भएको छ । अस्पतालले आर्थिक अभावले कानको जाली फेर्न नसेका बिरामीलाई मध्यनजर गर्दै यही भाद्र ५ गतेदेखि १५ गतेसम्म निःशुल्क कानको जालीको अप्रेशन गर्न लागेको हो ।
अस्पतालका वरिष्ठ नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा डिआर कँडेलले १८ वर्ष भन्दा माथि र ५० वर्ष भन्दा तलका बिरामीले सो समयमा आई उक्त सेवाको मौका लिई लाभ उठाउन अनुरोध गरे ।
डा कँडेलका अनुसार उक्त अप्रेशन बेहोस नगरीकन गरिने तथा जाँच गर्दा कानको जाली पूर्ण रुपमा सुख्खा हुनुपर्ने बताए । यस्तै उक्त सेवा लिन चाहने बिरामीलाई ओपिडी सेवा, अप्रेशन सेवा समेत निःशुल्क रहेको माया मेट्रो अस्पतालका संञ्चालक धिरेन्द्र सावदले जानकारी दिए । कानको जालीको अप्रेशन गर्दा ल्याबमा २५ प्रतिशत सम्म छुट रहेको अस्पतालले जनाएको छ ।


