धनगढी । कैलालीको टीकापुरमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । टीकापुर बसपार्कबाट लम्कीतर्फ गैरहेको सुप प्र ०१–००१–ख ३५८३ नम्बरको बसले मंगलवार बिहान साइकल र मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको हो ।
दुर्घटनामा साइकल यात्रीको मृत्यु भएको प्रहरी कार्यालय टीकापुरका डिएसपी नविन राजा बुढाथोकीले बताए । मृतकको पहिचान खुल्न सकेको छैन । दुर्घटनामा सुप प्र ०१–१२–प १८६९ नम्बरको मोटरसाइकल चालक टीकापुर नगरपालिका वडा नम्बर ६ का वर्ष २५ का राजु चौधरी घाईते भएका छन ।
प्रत्यक्षदर्शीका अनुसार बसले पहिले साइकल यात्रीलाई ठक्कर दिएको थियो भने पछि मोटरसाइकललाई ठक्कर दिएको थियो । उनलाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।

