धनगढी: धनगढीमा रातभरि बत्ती गएपछि स्थानीयलाई सास्ती भएको छ। गर्मी मौसममा लामो समय बत्ती गएपछि स्थानीयहरू समस्यामा परेका हुन् । बत्ती किन र के कारण गएको हो भन्ने विषयमा बुझ्न खोज्दा धनगढी विद्युत् कार्यालयको फोन रातभरि व्यस्त रहेको स्थानीयले बताए । बिहीबार राति ८ बजे गएको बत्ती अहिलेसम्म आएको छैन। उज्याले हुने बित्तिकै अहिले विभिन्न टोलका केहि स्थानीयहरू विद्युत् वितरण कार्यालयमा पुगेका छन्।
तर कर्मचारीहरू कार्यालयमामा अहिले छैनन्।धनगढी ३ का स्थानीय भानदेव भट्ट भन्छन्–अहिले हामी विद्युत् कार्यालयमा छौँ, कर्मचारी छैनन्, फोन गर्दा फोन लागेन, कर्मचारीसँग भेट भएको छैन । विद्युत् नभएपछि बालबालिका, विद्यार्थीहरू बढी समस्यामा परेका छन्। परीक्षा दिइरहेका विद्यार्थीहरू रातभरि बत्ती नभएपछि हैरान बनेका छन्।


