बाजुरा: बाजुरामा पर्यटकीय क्षेत्रको रूपमा निर्माण गरिएको बुढीगङ्गा नगरपालिका–४, बार्जुकोट भ्युटावर अलपत्र परेको छ । आन्तरिक तथा बाह्य पर्यटकहरूलाई भित्र्याउने तथा यहाँका स्थानीयको आर्थिक स्तर उन्नती गर्ने उद्देश्यले निर्माण गरिएको बार्जुकोट भ्युटावर निर्माण गरिएको थियो ।
आर्थिक वर्ष २०७७(७८ सालमा निर्माण कार्य सुरु गरिएको बार्जुकोट भ्युटावरको काममा लापरबाही भएपछि अहिले त्यो अलपत्र परेको हो ।


