धनगढी :राष्ट्रिय बाणिज्य बैंक कर्मचारी संघको स्थापना दिवस धनगढीमा मनाइएको छ । राष्ट्रिय बाणिज्य बैंक कर्मचारी संघ नेपाल सुदुरपश्चिम प्रदेश समितिको आयोजनमा संघको ३६ औं वार्षिकोत्सब मनाइएको छ । सो अवसरमा शुभकामना तथा चियापान कार्यक्रम गरिएको छ ।
राष्ट्रिय बाणिज्य बैंक कर्मचारी संघ सुदुरपस्चिम प्रदेश समिति अध्यक्ष राजेन्द्र बिष्ट को अध्यक्षता र पेशागत महासघं नेपालका केन्द्रिय सचीव तथा सुदुरपस्चिम इन्चार्ज रामचन्द्र जोशीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको संचालन संघका प्रदेश सचिव मङ्गल राज अवस्थीले गरेका थिए। यसै गरि बैंकका सुदुरपस्चिम प्रादेशिक कार्यलयका निमित्त प्रबन्धक केशव राज खनाल बिशिस्ट अतिथि रहेका थिए ।
कार्यक्रममा संघका केन्द्रिय सल्लाहकार प्रतिभ भन्डारी ,नेपाल बैंक लि कर्मचारी संघका सु. प. अध्यक्ष कमल चन्द, कृषि बिकास बैंक कर्मचारी संघका सु. प. अध्यक्ष चक्र कुन्जेडा , राष्ट्रिय बिमा कम्पनी कर्मचारी संघका केन्द्रिय सदस्य केशव पनेरु,नेपाल बित्तीय सस्था कर्मचारी संघ राष्ट्रिय बाणिज्य बैंक का सु. प. अध्यक्ष दिपेन्द्र भन्डारी , राष्ट्रिय कर्मचारी संगठन रा.बा. बैंक सु. प. अध्यक्ष हरिदत्त जोशी , पुर्ब कर्मचारी संघका सु. प. अध्यक्ष महेन्द्र पाण्डे लगायत विभिन्न शाखा कार्यलयका शाखा प्रबन्धकहरुको सहभागीता रहेको थियो। कार्यक्रममा सुभकामना मन्तव्य राख्ने वक्ता हरुले संघ स्थापना दिवसको शुभकामना तथा कर्मचारीहरुको पेशागत हक हितमा कर्मचारी संघको भुमिका योगदानका बारेमा चर्चा गरे । यसै गरि अवकाश कोषको ब्यवस्थापन, बैंकको बिनिमयावलि लगायतका बिषयमा समेत सम्वन्धित निकाय बाट सम्बोधन हुनु पर्ने विषय उठेको थियो ।
यसै गरि संघको वार्षिकोत्सबको उपलक्ष्यमा मिति २०८२/०४/०३ गते बैजनाथ धाम वृद्धआश्रम सेवा समिति कंचनपुरमा रहेका ज्येष्ठ नागरिक हरुलाइ सम्मान तथा खाद्यान्न बितरण (हस्तान्तरण) कार्यक्रम गरिएको थियो।



