दार्चुला –दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ४ खलङ्गास्थित महाकाली नदीकोबीचमा फसेका एक पुरुषको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । बाँकेको समशेरगञ्ज अमेलिया बस्ने ३५ वर्षीय बिक्रम के।सी। बिहीबार नदीकोबीच भागमा फसेका थिए ।
सो बारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण दार्चुलाबाट सशस्त्र प्रहरी उपरीक्षक देवराज जोशीको कमाण्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजले उनको सकुशल उद्धार गरेको हो ।उद्धार गरिएका उनको मानसिक सन्तुलन ठिक नभएको बताइएको छ ।

