कञ्चनपुर — कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१ बन्साहामा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । स्थानीय ५५ वर्षीया द्रोपति भट्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सागर बोहराका अनुसार बेलौरीबाट कालुवापुरतर्फ आइरहेको सु प प्र ००१ ख ९२९ नम्बरको बसको ठक्करबाट घाइते भएकी महिलाको धनगढीस्थित निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताए । उनका अनुसार महिलालाई जोगाउन खोज्दा बस पनि पल्टिएको छ ।


