धनगढी:एसइइमा ४ जिपिए ल्याउने जस्टिन चन्दले क्रेसेन्ट सिटि (CCS+2) रोजेका छन् । जेसिज एभरेस्ट इङ्ग्लिस स्कुलबाट एसइइमा ४ जिपिए ल्याएका चन्द क्रेसेन्ट सिटि (CCS+2) स्कुलमा भर्ना भएका हुन् । ऊनी पुर्ण छात्रवृत्तिमा अध्यायन गर्न पाउने भएका छन् । ऊनी सहित स्कुल ले एसइइ परिक्षामा ३ दशमलव ९५ जिपिए भन्दा माथी ल्याउने १० जनालाई पुर्ण छात्रवृती दिन लागेको छ । क्रेसेन्ट सिटि स्कुल (सि.सि.एस) का प्लस टु कार्यक्रम सयोंजक अमृत श्रेस्ठका अनुसार यस बर्ष १० जना उत्कृष्ठ नतिजा ल्याउने जेहेन्दार बिद्यार्थीहरुलाई पुर्ण छात्रवृती कोटामा अध्यापन गराइन लागेको हो ।
उनका अनुसार यस बर्ष ३ दशमलव ६ देखी ३ दशमलव ९ जिपिए ल्याउने २० जना बिद्यार्थीलाई मासिक शुल्क छुट तथा ३ दशमलव २ देखी ३ दशमलव ६ सम्म ल्याउने बिद्यार्थीलाई मासिक शुल्कमा ५० प्रतिशत छुट दिइने छ । यस अघि ४ जिपिए ल्याउने अशोक अवस्थी पनि सोही स्कुलमा बिज्ञान बिषयमा भर्ना भैसकेका छन् ।
यस बर्ष ६०० जना बिद्यार्थीलाई अध्यापन गराउने योजना बनाएको स्कुलले उपमहानगरपालिकाको १० प्रतिशत छात्रबृती कोटा बाहेक यि बिद्यार्थीहरुलाई स्कुलको तर्फबाट छात्रबृती दिन लागेको हो । स्कुलले बिज्ञान, ब्यवस्थापन तथा होटल ब्यवस्थापन बिषयको अध्यापन गराउँदै आएको छ ।


