कञ्चनपुर — कञ्चनपुरमा ९५ प्रतिशत रोपाइँ सकिएको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार समयमै नियमित रूपमा वर्षा भइरहेका कारण रोपाइँ लगभग सकिन लागेको हो । कृषि ज्ञान केन्द्रको तथ्यांक अनुसार कञ्चनपुरमा ४८ हजार ४ सय ९६ हेक्टरमा रोपाइँ गरिन्छ । यहाँ धानको उत्पादकत्व ४ मेट्रिक टन प्रति हेक्टर रहेको छ ।
‘समयमै वर्षा भएकाले रोपाइँ पनि समयमै सकिएको छ,’ कृषि ज्ञान केन्द्र कञ्चनपुरका सूचना अधिकारी धर्म साउँदले भने, ‘अब छिटपुट कहीँकतै मात्र रोपाइँ बाँकी छ ।’ उनले समयमै रोपाइँ भएका कारण नियमित रूपमा वर्षा भइरहे उत्पादन पनि राम्रो हुन सक्ने अनुमान गर्न सकिने बताए ।कान्तिपुरबाट


