धनगढी: कैलालीको अत्तरियामा वृद्धाश्रम सञ्चालनमा आएको छ । धनगढीमा रहेको दृष्टि फाउन्डेशनले अत्तरियामा वृद्धाश्रम सञ्चालनमा ल्याएको हो । आईतबार एक औपचारीक कार्यक्रमको आयोजना गरि वृद्धाश्रमको उद्घाटन गरिएको छ । दृष्टि फाउण्डेशनकी अध्यक्ष कल्पना भट्टको सभापतित्वमा आयोजित उद्घाटन कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्ट रहेका थिए भने विशिष्ठ अतिथिमा उपप्रमुख शारदा रोकाया र कैलालीकी सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी रहेकी थिईन ।
‘विगत लामो समयदेखी सडक मानवको सेवामा समर्पित फाउण्डेशनले अत्तरियामै पहिलो पटक वृद्धाश्रम सञ्चालनमा ल्याउन लागेको हो । उद्घाटन कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष एवम् नगरप्रवक्ता गोपाल दत्त भट्ट, फाउन्डेसनका संरक्षक नृप ओड, युवा नेता लोकराज पान्डेय आगो, रबिनकान्त पन्त लगायतको सहभागिता रहेको थियो ।