धनगढी । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा प्रहरीले गाजाका वोट नष्ट गर्ने अभियान थालेको छ । जिल्ला प्रहरी कार्यालयले मातहतका कार्यालय तथा चौकीसँगको समन्वयमा गाजाका बोट उम्रिएको क्षेत्रमा नष्ट गर्ने अभियान बुधबारदेखि थालेको छ ।
बुधबार धनगढी-३ को तिल्केताल क्षेत्रमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपक धामी, त्रिनगर प्रहरी चौकीका प्रहरी प्रहरी वरिष्ठ नायब निरीक्षक समुन्द्र पन्तसहितको टोलीले गाजाका बोट फाडेर नष्ट गरेको जनाएको छ । बढ्दो लागुऔषध दुर्व्यसनी नियन्त्रण तथा रोकथाम अभियान अन्तरगत गाजाका वोट नष्ट गर्ने काम थालिएको प्रहरीले जनाएको छ ।


