बैतडी: बैतडीको सुर्नया गाउँपालिका ८सेलाका महेश साउद भारतको हरियाणा पिपलिमा गाडी दुर्घटनामा परि मृत्यु भएको छ । शुक्रबार काम सकेर राती ११ बजे कोठामा फर्केने क्रममा एक्कासी गाडी दुर्घटनामा परी मृत्यु भएको भारतको हरियाणा रहेका सुरेन्द्र साउदले जानकारी दिएका हुन् ।
महेशको परदेशमै मृत्यु भएपछि उनको परिवार शोकमा डुवेको छ । परिवारको लालन पालन र बालबालिकाको भविश्य बनाउन परदेश पसेका महेश साउद उतै अस्ताएपछि सिगों गाउँ नै शोकमा डुबेको छ । मृतक साउदको घरमा पाँच बर्षको छोरा श्रीमती र बुवा छन् ।


