महेन्द्रनगर–शुक्लाफाँटा नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ९२ करोड ७८ लाख ५३ हजार ६ सय ३१ रुपैयाँको बजेट ल्याएको छ। मङ्गलबार सम्पन्न भएको २०औं नगर सभाले विभिन्न शीर्षकहरूमा आगामी आर्थिक वर्षमा खर्च गर्ने गरी बजेट ल्याएको हो। शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख रणबहादुर महराको अध्यक्षतामा सम्पन्न भएको नगरसभामा नगर उप-प्रमुख कल्पना जोशी पन्तले नगरपालिकाको बजेट वक्तव्य २०८२ प्रस्तुत गरेकि थिइन् । नगर प्रमुख रणबहादुर महराले नगर सभालाई सम्बोधन गर्दै गत आर्थिक वर्षमा चालु रहेका विभिन्न योजनाहरूलाई निरन्तरता दिँदै केही नयाँ योजनाहरू पनि ल्याइएको जानकारी गराए। उनले नगरपालिकाले थुप्रै नगर गौरवका योजना सम्पन्न गरेको र कतिपय योजनाहरू निर्माणाधीन अवस्थामा रहेको जानकारी गराए। शुक्लाफाँटा नगरपालिकाको वडा नम्बर २ मा नमुना खानेपानी परियोजना वडा नम्बर १० मा कबडहल कालागौडी देखि वननसमिति सम्म चक्रपथ निर्माणको कार्य भइरहेको तथा विभिन्न क्षेत्रमा तटबन्दका कार्यहरू सम्पन्न भएको बताए ।
नगर सभालाई सम्बोधन गर्दै नगर प्रमुख महराले यसअघि सुक्लाफाटाँ नगरपालिकामा एसियाली विकास बैंकको सहयोगमा सञ्चालित परियोजनाहरू पुनः सुचारु गर्न सफल भएको बताए। यस्तै नगरपालिकाले आगामी आर्थिक वर्षमा पनि जग्गा नाप जाँचको कार्यालाइ निरन्तरता दिने, सब वाहन सञ्चालनमा ल्याउने, ध्यानकेन्द्रको स्थापना, एक वडा एक उद्यान लगायत आवश्यक कर्मचारीहरूको व्यवस्थापनको कामहरुलाई गर्ने जानकारी गराए। बजेट वक्तव्यमा नगर उपप्रमुख कल्पना पन्तले आर्थिक वर्ष २०८०/८१ को कुल आयमा ६० करोड ७० लाख २६ हजार भएकोमा विभिन्न शीर्षकमा भएको खर्च पछि बचत रकम ४ करोड ७७ लाख ५३ हजार सञ्चित कोषमा रहेको बताइन् । शुक्लाफाँटा नगर उपप्रमुख कल्पना पन्तले बजेट वक्तव्य २०८२ प्रस्तुत गर्दै चालु आर्थिक वर्षमा सुरुको अपेक्षित लक्ष्य मुताबिक आय हुन नसकेको बताइन्। उनले नगरपालिकाको समग्र विकासका लागि शिक्षा, कृषि र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिइएको बताइन्।
आर्थिक वर्ष २०८२/८३ मा मुख्यगरी गुणस्तरीय शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका आधारभूत आवश्यकता सरकारी निजी र सहकारी क्षेत्रसँग समन्वय साझेदारी गर्दै कृषि तथा पशुपंक्षी, उद्योग, उद्यमशीलता, रोजगारी, सामाजिक संरक्षण र वन वातावरण पर्यटन क्षेत्रको प्रवर्धन लगायत नगर भित्रका खोला९नाला ताल-तलैया जग्गा लगायतका सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने लगायतका उद्देश्यहरू राखिएको छ। आर्थिक वर्ष २०८२/८३ को बजेटमा गुणस्तरीय शिक्षा स्वास्थ्य खानेपानी लगायतका आधारभूत आवश्यकता नगरवासीको पहुँचमा पुर्याउने प्राथमिकताहरू राखिएका छन्। आर्थिक वर्ष २०८२/८३ मा कुल आय ६२ करोड ७८ लाख ५३ हजार बढी हुने अनुमान गरिएको छ। आन्तरिक आयमा २ करोड, संघीय सरकार राजस्व बाँडफाँडबाट १३ करोड, मालपोतबाट र घर जग्गा रजिस्ट्रेसन शुल्कबाट ७३ लाख लगायतका विभिन्न शीर्षकहरूबाट आयआर्जन हुने अनुमान गरिएको छ। नगरपालिकाको चालु खर्चतर्फ ६७ करोड ७१ लाख रहेको छ भने पुँजीगत खर्चतर्फ २५ करोड ७ लाख ३६ हजार रहेको बजेट वक्तव्यमा उल्लेख गरिएको छ।
क्षेत्रगत कार्यक्रम अन्तर्गत कुल बजेटमध्ये आर्थिक विकास क्षेत्रतर्फ १ करोड १२ लाख ४६ हजार झण्डै १.२१५, सामाजिक विकासतर्फ कुल बजेटको २९ करोड ४६ लाख १५ हजार ५८.७०५, पूर्वाधार विकास तर्फ कुल बजेटको २४ करोड ८६ लाख ३६ हजार २६.८३५, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ कुल बजेटमध्ये ७६ लाख ०.८२५ र कार्यालय सञ्चालन तर्फ कुल बजेटमध्ये ११ करोड ५४ लाख ५० हजार १२.४४५ राखिएको छ।