धनगढी: कन्चनपुर को कृष्णपुर नगरपालिकाको १७ औं नगरसभा आज सम्पन्न भएको छ। उप–प्रमुख द्रोपती रानाले आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगरको समावेशी, पूर्वाधारयुक्त र सेवा–मुखी विकासमा केन्द्रित योजना सार्वजनिक गरिन्।
यस वर्ष नगरपालिकाले स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार, खेलकुद र सामाजिक समावेशितालाई प्राथमिकता दिएको छ। नीति तथा कार्यक्रममा उल्लेख गरिएका प्रमुख योजना निम्न छन्:
🔹 स्वास्थ्य क्षेत्रमा:
कृष्णपुर स्वास्थ्य चौकीमा सर्पदंश उपचार केन्द्र स्थापना
१५ सैयाको नगर अस्पतालको ठेक्का प्रक्रिया अगाडि बढाइने
दमकल र सबबाहन खरिद गरिने
🔹 शिक्षा र सीप विकास:
सामुदायिक विद्यालयहरूमा अंग्रेजी माध्यममा पठन–पाठन सुरु गरिने
दिवा तथा रात्रीकालीन छात्रावास सञ्चालन
लबरु राना थारु उच्च शिक्षा छात्रवृत्ति कार्यक्रम सञ्चालन
दक्षिण कोरियाको सहयोगमा वडानं. ७ मा प्रदेशस्तरीय प्राविधिक शिक्षालय स्थापना
🔹 कृषि र खाद्य सुरक्षामा:
वार्ड नं. ५ को मोहना चोकमा कोल्ड स्टोर स्थापना
कृषि एम्बुलेन्सको व्यवस्था गरिने
🔹 खेलकुद
कृष्णपुर नगरका स्थायी बासिन्दा तथा ओलम्पियन दीपक बिष्टलाई सद्भावना दूत घोषणा
नगरमा तीनवटा रंगशालाको निर्माणका लागि ठेक्का प्रक्रिया अगाडि बढाइने
🔹 अन्य पूर्वाधार योजना:
सामुदायिक विद्यालयका लागि स्कुल बसको व्यवस्था गरिने