धनगढी: कैलालीको चुरे गाउँपालिका र DID Mission TO Neoal सस्थाको प्राबिधिक तथा लागत साझेदारीमा चुरे गाउँपालिकाको सबै वडामा रहेका हिंड्न् असहज भएका ३६ जना शारीरिक अपाङ्गता भएका नागरिकहरुलाई पाँच प्रकारको सहायक प्रबिधि सामग्री वितरण गरिएको छ । उक्त कार्यक्रम ६ वटा वडाको सहजपुर , खानिडाडा र गर्भा दरवार गरि तीन कलस्टमा वितरण गरिएको साझेदार सस्था DID Mission TO Neoal का प्रबन्ध निर्देशक तथा अपाङ्गता अभियानकर्मी नन्दराज भट्टले जानकारी दिए ।
उक्त कार्यक्रमको उद्घाटन चुरे ३ नम्बर वडामा गाउँपालिकाका उपाध्यक्ष धना थापाको प्रमुख आतिथ्यता र Mission TO Neoal का प्रबन्ध निर्देशक नन्दराज भट्टको अध्यक्षतामा गरिएको कार्यक्रममा वडा अध्यक्ष, सदस्य , सामाजिक अभियानकर्मी , कर्मचारी सहित ६० जनाको उल्लेखनीय उपस्थिति रहेको थियो ।गाउँपालिकाका उपाध्यक्ष धना थापाले अपाङ्गता भएका भएका ब्यक्तिहरुलाई पालिकाले आवागमनमा सहज होस भनी सहायक सामग्री वितरण गरिएको बताउनु भयो । पालिकाको आगामी नीति कार्यक्रम र बजेटमा पनि मानवीय बिकासका कार्यक्रमहरुले निरन्तरता पाउने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।