धनगढी: धनगढीमा कोठाभित्र मृत फेला परेकी युवतीको हत्या गरिएको खुलेको छ। कञ्चनपुर पुनर्वास नगरपालिका–११, अमर बस्तीकी ३० वर्षीया रेणु चौधरीको घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक राज कुमार सिहँले जानकारी दिए ।
उनी केही समयदेखि धनगढी उपमहानगरपालिका–२ मा कोठा भाडामा बस्दै आएकी थिइन्। सिंहले मृतक चौधरीको घाँटीमा धारिलो हतियार प्रहार भएको र कन्चटमा पनि चोटपटक रहेको बताएका छन्। उनले भने, ‘हत्या भएको घटनाजस्तो देखिन्छ। अनुसन्धानका लागि तालिमप्राप्त कुकुरको समेत प्रयोग गरिएको छ।’ मृतक चौधरी खानेपानी संस्थान, धनगढीमा कार्यालय सहयोगीका रूपमा कार्यरत थिइन्।