धनगढी: नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको स्थापना दिवसको अवसर पारी धनगढीमा बिभिन्न कार्यक्रम आयोजना गरिएको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ट्याकंर इकाई कमिटि धनगढीको आयोजनामा रक्तदान, निशुल्क स्वास्थ्य जाँच तथा ट्राफिक सचेतना कार्यक्रम आयोजना गरिएको हो । धनगढी स्थित आयल निगक प्रादेशिक कार्यालय अगाडी आयोजित कार्यक्रममा २७ पिन्ट रगत सकंलन भएको छ । कार्यक्रमकै अवशरमा १ सय ५० जनाले निशुल्क स्वास्थ्य जाँच गरेका छन् । संगठनको ४६ औं स्थापना दिवसको अवसरमा देशभर एकसाथ विभिन्न कार्यक्रमहरु भईरहँदा धनगढीमापनि बिभिन्न कार्यक्रम आयोजना गरिएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका सुदुरपश्चिम अध्यक्ष ललित चन्दले बताए ।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरिक्षक चक्र बहादुर देउवाले सवारी चालक तथा सह चालकहरुलाई ट्राफिक शिक्षा दिएका थिए । उनले तिब्र गतिकै कारण दुर्घटना बढिरहेको बताउँदै गति नियन्त्रण गरेर सवारी साधन चलाउन आग्रह गरे । धनगढी देखी अत्तरिया सम्मको ६ लेन सडकमा लेन अनुसार सवारी साधन चलाउन आग्रह गरे । कार्यक्रममा नेपाल ट्रेड युनियन (जिफन्ट) सुदुरपश्चिम प्रदेश अध्यक्ष जित बहादुर मल्ल प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा बोल्दै मल्लले जिफन्ट सबै मजदुरहरुको हक हितमा काम गरिरहेको बताए । सबै मजदुर हरुलाई सामाजिक शुरक्षा कोषमा आवद्ध हुन उनले आग्रह गरे ।
कार्यक्रममा नेपाल यातायात ब्यवसायी महासघंका सुदुरपश्चिम प्रदेश सयोंजक टेकराज जोशी, पेट्रोलियम डिलर्स एशोसिएशन कैलालीका अध्यक्ष मनिराम पाण्डेय लगायतले सुभकामना मन्तब्य राखेका थिए । सगंठनले सोमबार बिहान धनगढी बसपार्कमा रक्तदान, ट्राफिक सचेतना तथा स्वास्थ्य जाँच कार्यक्रम रहेको छ ।


