धनगढी । इरानको सर्वाधिक महत्वपूर्ण मानिएको फोर्दो आणविक भट्टीमा अमेरिकाले अन्ततः आइतबार बिहानै विश्वकै शक्तिशाली बम आक्रमण गरेको छ। यद्यपी त्यसको क्षतिका बारेमा इरानले कुनै टिप्पणी गरेको छैन। तर बंकरभेदी जिबियू(५७ बम प्रहारसँगै अमेरिकाले आणविक भट्टी ध्वस्त भएको दाबी गरेको छ।
इरानको फोर्दोमा हरेको आणविक भट्टी जमिनको सतहबाट झन्डै तीन सय फिट मुनि रहेको विश्वास गरिन्छ। यो आणविक भट्टीलाई क्षति पुर्याउने बम र त्यसलाई बोक्न सक्ने बिमान केवल अमेरिकासँग मात्रै रहेको मानिन्छ। यसका लागि अमेरिकाको अत्याधुनिक बी–२ बमवर्षक विमान प्रयोग गरेको छ।
यही विमानले मात्र किरब १४ टन क्षमताका बमहरू बोकेर फोर्दोमा आक्रमण गरेको हो। फोर्दोमा अमेरिकाले ६ वटा बम प्रहार गरेको छ। एक अमेरिकी अधिकारीलाई उदृत गर्दै न्युयोर्क टाइम्सले दिएको जानकारी अनुसार उनले आफ्नो नाम गोप्य राख्ने शर्तमा सैन्य कारबाहीबारे जानकारी दिएका छन्।
उनका अनुसार बी(२ बमवर्षक विमानहरूले फोर्दोमा ३०,००० पाउण्ड ९करिब १४ हजार० वजनका ६ वटा ‘बंकर बस्टर’ बम खसालेका छन्। त्यसैगरी पनडुब्बीहरूबाट नातान्ज र इस्फाहानमा ३० वटा टिएलएएम क्रुज मिसायल समेत प्रक्षेपण गरिएको छ।
के हो बंकर भेदी बम यसले कसरी काम गर्छ ?
अमेरिकाले ठूला पहाड र भुमिगत स्थलहरूमा रहेका आणविक भट्टीहरू नस्ट गर्ने उद्धेश्यका साथ बनाएको सबैभन्दा शक्तिसाली बम हो जीबीयू (५७। पहाडमा अवस्थित फोर्दो आणविक भट्टी इरानको सबैभन्दा शक्तिसाली र सुरक्षित मानिन्दै आएको थियो। यो पहाडमुनी २६२ देखि २९५ फिट तल रहेको भनिएको छ।
यो भट्टी ध्वस्त बनाउने बम अमेरिकासँग मात्रै रहेको मानिन्छ। फर्दोमा पनि ६० प्रतिशत शुद्धताको युरेनियम उत्पादन हुने र यो आणविक बम बनाउन तयारी अवस्थामा रहेको भनिएको छ। बमको वजन ३० हजार पाउन्ड ९करिब १३।६ टन० छ। तर करिब ८० प्रतिशत वजन धातुको खोलले ओगट्छ। भित्र रहेको विस्फोटक पदार्थको वजन २० प्रतिशत मात्र छ।
विशेष खालको अत्यन्तै बलियो स्टिलको खोल भएको यो बम १२ किलोमिटर माथिबाट खसालिएको थियो। बमको वजन र उचाइका कारण उत्पन्न हुने शक्तिले अत्यन्तै बलियो र बाक्लो कंक्रिटको बंकर पनि छेड्न सकने बिश्वास गरिन्छ।
बममा जडित प्रविधिका कारण बाक्लो कंक्रिट छेडेर खाली ठाउँमा पुगेपछि विस्फोट हुन्छ। यसले धेरै गहिरा बंकर पनि ध्वस्त पार्ने भएकाले फोर्दोको भट्टी ध्वस्थ भएको अमेरिकी विश्वास छ।