धनगढी: कैलालीको अत्तरियामा डोटीका मेयरले चलाएको सरकारी दुर्घटना भएको छ। आज (सोमबार) बिहान ९:३० बजेको समयमा डोटीको शिखर नगरपालिकाका मेयर दीर्घ बहादुर बलायरले चलाएको पालिकाको गाडी दुर्घटना भएको हो। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार दुर्घटना गोदावरी नगरपालिका-१ मोहना पुल नजिकै भएको हो।
प्रहरीका अनुसार बलायरले चलाएको गाडी धनगढीबाट जाने क्रममा विपरीत दिशाबाट आइरहेको बैतडीको शिवनाथ गाउँपालिकाको एम्बुलेन्ससँग ठोक्किएको थियो। ठक्करबाट दुर्घटना भएकोमा एम्बुलेन्स चालक र मेयर सकुशल रहेपनि दुबै गाडीमा क्षति भएको जनाइएको छ।


