धनगढी: नेकपा माओवादी निकट बिद्यार्थी सगंठन अनेरास्वबियु क्रान्तीकारीले विद्यार्थी सगं अखिल क्रान्तिकारी अभियान शुरु गरेको छ । ३ महिने सगंठन सुद्धिकरण अभियान स्वरुप क्रान्तीकारीले विद्यार्थी सगं अखिल क्रान्तिकारी अभियान शुरु गरेको हो । आज कैलाली बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रममा क्रान्तीकारीका केन्द्रिय उपाध्यक्ष एवं अभियानका सुदुरपश्चिम कमाण्डर उमेश कँडेललाई माओवादी केन्द्रका स्थाई कमिटि सदस्य एवं सुदुरपश्चिमका कार्यबाहक इन्चार्ज खगराज भट्टले झण्डा हस्तान्तरण गर्दै अभियानको सुभारम्भ गरेका हुन् ।
अभियानको सुभारम्भ गर्दे प्रमुख अतिथि भट्टले अखिल क्रान्तीकारी हरेक बिद्यार्थीका मनमा बस्नुपर्ने बताए ।
अभियानको उद्घाटन कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सुदुरपश्चिम प्रदेशका बिद्यार्थी इन्चार्ज लक्षीराम आचार्य , वैतडी पार्टीका जिल्ला संयोजक शंकर भण्डारी लगायतका नेताहरुले सुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य संगठनका उपमहासचिव तथा प्रदेश इन्चार्ज रामचन्द्र भट्टले राखेका थिए भने कार्यक्रमको सञ्चालन संगठनका जिल्ला उपाध्यक्ष पवन सुनारले गरेका थिए । अभियान कै क्रममा सोहि क्याम्पसका विधार्थीहरु संग विधार्थीका समस्या र समाधान विषयक सम्बाद कार्यक्रम समेत सम्पन्न भएको छ ।
अभियान जेष्ठ २५ देखि भाद्र २५ सम्म संचालन गरिने छ ।
ख. अभियानको लक्ष्य :
१. एक शिक्षण संस्था एक इकाई आधारभूत तह भन्दा माथिका सबै शिक्षण संस्थाहरुमा
संगठन निर्माण गरिने छ
२. एक इकाई एक प्रशिक्षण
३. प्रत्येक संगठन सशक्त जन परिचालन
४. एक संगठन एक संघर्ष
५. प्रत्येक सदस्य संगठित सदस्य
६. हाम्रो विश्वविद्यालय राम्रो विश्वविद्यालय
७. अभियान अवधिभरी नयाँ सदस्यता र नवीकरण सहित पाँच लाख सदस्यता वितरण